वीरगन्जले स्पोर्टिङ इलाममाथि २–१ को जित निकाल्दै जारी नेपाल सुपर लिगको दोस्रो सिजनमा पहिलो तीन अंक जोडेको छ।
काठमाडौँ– विवादित बनेको पेनाल्टी गोलबाट वीरगन्ज युनाइटेडले नेपाल सुपर लिग (एनएसएल) मा बुधबार पहिलो जित निकालेको छ।
दशरथ रंगशालामा भएको पुछारका दुई टोलीबीचको भिडन्तमा खेलको इन्जुरी समयमा पाएको पेनाल्टीबाट डेब्युटेन्ट टोली वीरगन्जले स्पोर्टिङ इलाममाथि २–१ को जित निकाल्दै जारी दोस्रो सिजन पहिलो तीन अंक बटुलेको हो।
खेलका रेफ्री कविन व्यञ्जनकारले स्पोर्टिङ इलामका सुरज बस्नेतले फउल गरेको भन्दै वीरगन्जलाई पेनाल्टी अवसर दिएका थिए। त्यससँगै इलामका गोलकिपर विकेश कुथू र उनको टोली आक्रामक बने। ९३औँ मिनेटमा पाएको सो पेनाल्टीमा विलियम ओपोकुले गोल गर्दै वीरगन्जलाई रोमाञ्चक जित दिलाए।
रेफ्री कविनले अन्तिम सिट्ठी फुकेसँगै इलामका टोली नै रेफ्रीमाथि जाइलागे। त्यस क्रममा गोलकिपर कुथूले रातो कार्ड सामना गरे। इलामको टोलीको आक्रमण शान्त बनाउन खेलमा रहेका सुरक्षाकर्मीलाई नै हम्मेहम्मे पर्यो।
स्पोर्टिङ इलामले अग्रता जोगाउन नसक्दा बुधबार वीरगन्जसँग हारको सामना गर्नुपरेको हो। यो जितसँगै वीरगन्ज पाँच खेलबाट पाँच अंक बटुल्दै इलामलाई नै पछि पारेर आठौँ स्थानमा उक्लियो। स्पोर्टिङ इलाम भने ६ खेलबाट चार अंकसहित पुछारमा झर्यो। स्पोर्टिङ इलामले एक जित, एक बराबरी र चार हार सामना गरेको छ।
त्यसअघि खेलको पहिलो आक्रमणमा नै स्पोर्टिङ इलामले आशिष चापागाईंको गोलबाट अग्रता लियो। डिफेन्डर सुरज बस्नेतले दिएको लामो पास नियन्त्रणमा लिएका आशिषले पेनाल्टी क्षेत्रबाटै उत्कृष्ट गोल गरे।
१८ औँ मिनेटमा फोडे क्यामराले करिब १२ यार्डबाट गोल गर्न सकेनन्। अनमार्क रहेका उनको प्रहार आकासियो । दुई मिनेटपछि नै ओमार थियोमको सट पनि पोस्टको दिशा लिन असफल भयो।
२१औँ मिनेटमा वीरगन्जले आक्रमण बुने पनि त्यो सफल हुन सकेन। वीरगन्ज ३३औँ मिनेटमा बिसन गुरुङको गोलबाट खेलमा फर्कियो।
सुशील लामाको लामो पास नियन्त्रणमा लिने क्रममा उनले अफसाइड बिट गर्दै पेनाल्टी क्षेत्रबाटै गोल गरेका हुन्। चार मिनेटपछि नै सुशील लामाको लामो प्रहार इलामका गोलकिपर विकेश कुथुका लागि समस्या बनेनन्।
त्यससँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो। दोस्रो हाफमा राम्रो अवसर सिर्जना हुन ७१ औँ मिनेट पर्खनुपर्यो।
विलियम ओपोकुको पेनाल्टी बक्स भित्रबाट गोल गर्ने अवसर खेर फाले। उनको प्रहार दोस्रो बार हुँदै बाहिरियो। इन्जुरी समयमा विलियम ओपोकुको पेनाल्टी गोलबाट वीरगन्जले २–१ रोमाञ्चक जित निकाल्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
