मणिपालबाट हराएका बिरामी खोज्न सेतीको ड्याम खोलिँदै

प्रहरीले बिहीबार मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म ड्यामभन्दा तलका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

काठमाडौँ– पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका एक जना बिरामीलाई खोज्न बिहीबार सेती नदीको ड्याम खोलिँदैछ।

मणिपालमा उपचारका लागि भर्ना भएका पोखरा लामाचौरका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझदेखि बेपत्ता छन्। 

उनको खोजीका लागि सेती नदीको ड्याम खोल्नुपर्ने भएकाले ड्यामभन्दा तलका बासिन्दालाई सचेत रहन प्रहरीले आग्रह गरेको छ। प्रहरीले बिहीबार मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म ड्यामभन्दा तलका नागरिकलाई सतर्क रहन भनेको छ। 

ज्वरोसम्बन्धी उपचारका लागि मिश्र अस्पताल भर्ना भएको थिए। इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट हराएका थिए।

नदिपुरतर्फ आउने झोलुंगे पुलमा संगमले लगाएको कपडा र परिचयपत्र खोजतलासका क्रममा भेटिएपछि उनले सेती नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ। 

सोही आधारमा उनलाई खोज्न नदीको ड्याम खोल्न लागिएको हो।