च्याम्पियन्स लिग: शतप्रतिशत जितसहित म्यानचेस्टर सिटी अन्तिम १६ मा प्रवेश

बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु टोली रेट स्टारलाई ३–२ गोल अन्तरले पराजित गरेको छ।

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर सिटी शतप्रतिशत जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। 

बुधबार राति भएको खेलमा सिटीले रेट स्टारलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा मिच ह्यामिल्टन, ओस्कर बोब र काल्भिन फिलिप्सले १–१ गोल गरे। रेडस्टारका हाङ बिओम र एलेक्जेन्डर काटीले १–१ गोल फर्काए।

यससँगै सिटीले समूह ‘जी’मा ६ खेलबाट १८ अंक बनाएको छ। सिटीले सबै खेलमा जित हासिल गरेको हो। 

यस्तै, यही समूहमा रहेको आरबी लाइपजिङले योङ ब्वाइजलाई २–१ गोलले पराजित गरेको छ। जितसँगै लाइपजिङले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ।