सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने रास्वपाले जनाएको छ। जसमा एक दलित महिलासहित चार महिला सदस्य अनिवार्य गरिएको छ। त्यस्तै छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन बिहीबार शुरू हुँदैछ। रास्वपाले पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो।
सातै प्रदेशका एक एक वडाबाट अधिवेशन आरम्भ भएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
“निर्वाचनपछि एक वर्षमा पार्टीको अधिवेशन शुरू गर्ने निर्णय गरेका थियौँ। औपचारिक रूपमा शुरू भएको छ,” उनले भने, “सात प्रदेशका सात वडामा वडा अधिवेशन आजै सक्छौँ। यसपछि निरन्तर वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ।”
रास्वपाले भरतपुर–११, जितपुर सिमरा–२, पोखरा–१०, बुटवल–१३, इटहरी–२०, भेरीगंगा–६ र टीकापुर–१ मा बिहीबार वडा अधिवेशन गर्दैछ। सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन्। महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, संगठन विभागका सचिव शंकर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु केन्द्रीय प्रतिनिधि तोकिएका छन्।
“जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौँ। यसलाई स्थानीय तहसम्म पुर्याउने मुख्य अजेन्डा हो,” प्रमुख सचेतक परियारले भने। संगठन विभागका सचिव शंकर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताए।
“११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ। चार जनामध्ये पनि एक जना दलित महिला अनिवार्य गरिएको छ। छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
