सार्वजनिक स्थलको १०० मिटर वरपर चुरोट बेच्न र सेवन गर्नसमेत महानगरले प्रतिबन्ध लगाएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पसलमा सुर्तीजन्य पदार्थ बेचबिखन भए नभएको निगरानी गर्न जनशक्ति परिचालन गरेको छ।
कोटेश्वर, बालाजु, महाराजगन्ज, चाबहिल र गौशाला क्षेत्रमा लुकाएर सुर्तीजन्य पदार्थ बिक्री गरिरहेका पसलमा गएर महानगर प्रहरीले पहिलो पटकलाई सचेत गराइरहेको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए।
महानगरले बिहीबारदेखि काठमाडौँभित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरेको छ। पहिलो दिन भएकाले महानगर प्रहरीले व्यापारीलाई सचेत गराउँदै हिँडिरहेको तर बिक्री वितरणमा भने पूर्ण निगरानी राखिएको विभाग प्रमुख पौडेलले बताए।
सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर परेको, प्रदूषण र शहरमा बढ्दो दृश्य प्रदूषण रोक्न काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्का र सुर्तीको बिक्री वितरणमा प्रतिबन्धको घोषणा गरिएको जनाइएको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाइए पसल समेत बन्द गरिनेछ। बेचेको पाइए दुई पटकसम्म सामान जफत गरिने तर तेस्रोपटकमा पसल नै बन्द गर्ने उनको भनाइ छ।
महानगरले अनुगमनको लागि सादा पोसाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाएको छ। पहिलो चरणमा अनुगमनको लागि ५० जना नगर प्रहरी परिचालन गरेको जनाएको छ।
सार्वजनिक स्थलको १०० मिटर वरपर चुरोट बेच्न र सेवनमा पनि प्रतिबन्ध लगाइएको छ। सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए १०० रुपैयाँसम्म जरिवाना गरिने महानगरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
