प्रतितोला २ हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौँ– बिहीबार नेपाली बजारमा सुनको मूल्य दुई हजार ८०० रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख १८ हजार ८०० तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँ छ। बुधबार एक लाख १५ हजार ४५० थियो। 

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।