कञ्चनपुरको संविधानचोकमा पुस २ गतेसम्म प्रदर्शन निषेध

राप्रपाले बिहीबार संविधानचोकमा महेन्द्रको सालिक राख्ने र आमसभाको तयारी गरेको थियो। सालिक राख्ने कार्यक्रमको अन्य दलले विरोध जनाएका थिए।

काठमाडौँ– कञ्चनपुरको महेन्द्रनगरमा महेन्द्रको शालिक राख्ने विषयमा राजनीतिक दलबीच विवाद बढेपछि निशेधाज्ञा जारी गरेको छ। 

राप्रपाले महेन्द्रको शालिक राख्ने तयारी गरेपछि विवाद बढेको हो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बिहीबा‍रदेखि पुस २ गतेसम्म पाँ जनाभन्दा बढी मानिस भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन तथा सभाजस्ता कार्यक्रम निषेध गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ। 

राप्रपाले बिहीबार संविधानचोकमा महेन्द्रको सालिक राख्ने र आमसभाको तयारी गरेको थियो। सालिक राख्ने कार्यक्रमको अन्य दलले विरोध जनाएका थिए। विवादपछि आमसभाको कार्यक्रमस्थल परिवर्तन गरेर सब्जीमण्डी रोडमा कार्यक्रम गर्न लागेको छ।