प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्युठान– प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

प्युठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कर्पियो बरौलाको मोती माध्यमिक विद्यालयको पुरानो भवननजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिहीबार बिहान ११ः२० बजे लु ३ च ६८७४ नम्बरको स्कर्पियोको अगाडिको टायर पन्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।

दुर्घटनामा परी गाडीको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।