अनुसन्धान समितिले १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
काठमाडौँ– १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनुसन्धान समितिले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
२१ मंसिरको राति दुबईबाट काठमाडौँ आएका गोरखाका चन्द्र घलेसहित दुई जना व्यक्ति १४ किलो सुनसहित पक्राउ परेका थिए।
पक्राउ परेका घलेले अध्यागमनको ‘वाकथ्रु गेट’मा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रूपमा बाहिर निकाल्ने योजनासहित आएको बताएका थिए।
सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो। सो समितिले अनुसन्धानका लागि विमानस्थलका कार्यालय सहयोगी सुशीला पाण्डेसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरे। यद्यपि, उनले कति जनालाई समितिले नियन्त्रणमा लिएको हो भन्ने खुलाएनन्। “सुन तस्करीमा संलग्नहरूलाई सघाएको आशंकामा छानबिन समितिले केही कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
