प्रतिवादीहरूले एकआपसमा गुट बनाई संयुक्त रूपमा वारदात घटाएको हुँदा यसमा कसले बढी कुट्यो, कसले कम, कसको प्रहार घातक भयो अथवा कसैले कुटेन जस्ता तथ्य प्रासंगिक नहुने ठहर फैसलामा गरिएको छ।
काठमाडौँ– रूकुम जिल्ला अदालतले नवराज विक समेतलाई आक्रमणकारीहरूको ठूलो समूहले कुटपिट गर्दै र लखेट्दै भेरी नदीको भँगालोमा पुर्याई कसैले माथिबाट ढुंगा हान्ने र कसैले नदीको भँगालोमै पुगेर आक्रमण गरी नदीमा बगाएर उनीलगायतका ६ जनाको हत्या भएको ठहर गरेको छ।
“प्रतिवादीहरूले हुल बाँधी लखेट्दै हान्दै नवराज विक, गणेश बुढा, सञ्जु विक, लोकेन्द्र सुनार, टीकाराम नेपाली र गोबिन्द शाही समेतलाई भेरी नदीको भँगालोमा समेत पुर्याई कुटपिट गरेको मिसिल संलग्न घाइतेहरू महेश कार्की समेतका व्यक्तिहरूले गरेको बकपत्रबाट स्पष्ट खुल्दछ,” बिहीबार सार्वजनिक भएको फैसलाको पूर्ण पाठमा अदालतले भनेको छ।
जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले गरेको फैसलामा सामूहिक रूपमा सबै मिलेर आक्रमण गरी ज्यान लिएका कारण उक्त घटनामा प्रतिवादीहरूमध्ये कसैको भूमिका घटिबढी नभएको उल्लेख छ। प्रतिवादीहरूले एकआपसमा गुट बनाई संयुक्त रूपमा वारदात घटाएको हुँदा यसमा कसले बढी कुट्यो, कसले कम, कसको प्रहार घातक भयो अथवा कसैले कुटेन जस्ता तथ्य प्रासंगिक नहुने ठहर फैसलामा गरिएको छ।
ज्यान लिने अथवा सामूहिक कुटपिट गर्ने मनसायले समूहमा बसेर एकअर्कालाई हौस्याई अथवा हातै हाली कुटपिट गरेमा सबै प्रतिवादी समान रूपमा सहभागी भएको मानिने र समान सजायको भागीदार हुने भनी सर्वोच्च अदालतबाट प्रतिपादित दुई नजिरलाई अदालतले फैसलामा आधार लिएको छ।
"नेपाल कानून पत्रिका २०५० अंक १, निर्णय नं. ४६८६ र २०७१ अंक ९, निर्णय नं. ९२४९ समेतको मुद्दामा सिद्धान्त प्रतिपादित भएको समेत देखिँदा उल्लिखित प्रतिवादीको सामूहिक सक्रियताका कारण मृतकहरूलाई कर्तव्य गरी मारेको पुष्टि हुन आयो," फैसलाको पूर्ण पाठमा लेखिएको छ।
रूकुम जिल्ला अदालतको फैसलाको पूर्णपाठ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
