मन्त्रिपरिषद् बैठकले विद्युत् खपत वृद्धि तथा खनिज, इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको छ।
काठमाडौँ– सरकारले सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय पनि गरेको उनले बताइन्।
बैठकले विद्युत् खपत वृद्धि तथा खनिज, इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको छ।
मन्त्रिपरिषद् बैठकअघि सरकारको कार्यसम्पादनको चौमासिक समीक्षा पनि भएको थियो।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले समीक्षा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अनुपस्थित भएका कारण विस्तृत रूपमा छलफल हुन नसकेको जानकारी दिइन्।
उनीहरूसहित आगामी दिनमा बैठक बस्ने भनेर निष्कर्षसहित समीक्षा बैठक टुंगिएको उनको भनाइ छ।
मन्त्री शर्माले बैठकमा राखिएको प्रस्तुतीकरणका अनुसार चौमासिक समीक्षाको प्रतिवेदन सन्तोषजनक नदेखिएको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
