माझी समुदायको संस्कृतिसँग जोडिएको डुंगा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन्।
रामेछाप– कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रूपमा मानिएका काठका डुंगा लोप हुन थालेपछि रामेछापका माझी समुदाय संरक्षणमा जुटेका छन्। सडक विस्तार तथा पुलहरू निर्माण भएसँगै माझी जातिको पहिचानका रूपमा रहेको डुंगा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेको हुन्।
माझी समुदायको संस्कृतिसँग जोडिएको डुंगा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन्। “केही वर्ष पहिलेसम्म विभिन्न घाट तथा नदी वारिपारि गर्ने ठाउँमा डुंगा देख्न सकिन्थ्यो। आजभोलि कतै देखिँदैन”, स्थानीय धनबहादुर माझीले भने।
सुनकोशी र तामाकोशी नदीको संगमस्थल त्रिवेणीमा धेरै डुंगा सञ्चालन हुने भएकाले उक्त ठाउँको नाम सेलेघाट रहन गएको उनले बताए। झोलुंगे पुल, सडक, यातायातका साधनको पहुँच, स्थायी मोटरेबल पुललगायत पूर्वाधार निर्माण भएसँगै डुंगा विस्थापित हुँदै गएका धनबहादुरको भनाइ थियो।
पहिले डुंगा खियाउने र माछा मार्ने पेसा माझी समुदायको जीविकोपार्जनसँग जोडिएका मुख्य पहिचान भएको स्थानीय शंकर माझीले बताए। “राजा महेन्द्रको पालामा रामेछापमा पर्ने सुनकोशी र तामाकोशी नदी किनारका जमिन स्थानीय माझीलाई बिर्ता दिइएको थियो। सडक र पुल निर्माण हुनुअघि माझीहरूले मानिस र सामान वारिपारि गर्न ठेक्कामा काम गर्दथे,” उनले भने।
आधुनिकता आएसँगै सीमान्तकृत जातिमा पार्ने माझी समुदायको पहिचान संकटमा पर्दै गएपछि युवा पुस्ता आफ्नो संस्कृतिको संरक्षण र पहिचानका लागि जुटेका मानवीर माझीले बताए। माझी जापतको संस्कृति र पहिचान संरक्षणका लागि लोप भइसकेको डुंगा पुनः सञ्चालनमा ल्याउन स्थानीय पालिका र सरोकारवालासँग छलफल भइरहेको उनले जानकारी दिए।
जिल्लाको मन्थली, सेले, नवु, पुछि, हर्दिनीलगायत घाटमा केही वर्षअघिसम्म नियमित रूपमा डुंगा सञ्चालन हुने गरेकामा अधिकांश स्थानमा मोटरेबल पुल निर्माण भएसँगै डुंगा विस्थापित हुँदै गएका पूर्वशिक्षक एवं माझी समुदायका अगुवा सिरबहादुर माझीले बताए। उनका अनुसार डुंगा संरक्षणका लागि सेलेघाटमा प्रत्येक वर्ष जिल्लामा माझीले संयुक्त रूपमा डुंगा दौड प्रतियोगिता आयोजना गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
