भारतका कप्तान सूर्यकुमार यादवले ५६ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै १०० रन बनाए। यो उनको टी२० आई करिअरको चौथो शतक हो। योसँगै उनले रोहित शर्मा र ग्लेन म्याक्सवेलको कीर्तिमानसँग बराबरी गरेका छन्।
काठमाडौँ– दक्षिण अफ्रिका र भारतबीचको टी२० सिरिज १–१ को बराबरी भएको छ। बिहीबार राति जोहानेसवर्गमा भएको शृंखलाको तेस्रो तथा अन्तिम खेलमा भारत १०६ रनले विजयी भयो।
यसअघि पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिका ‘डीएल मेथड’ अनुसार विजयी भएको थियो।
बिहीबार टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।
भारतका कप्तान सूर्यकुमार यादवले शतकीय इनिङ्स खेले। उनले ५६ बलमा ७ चौका र ८ छक्कासहित १०० रन बनाए। यो शतकसँगै सूर्यले रोहित शर्मा र ग्लेन म्याक्सवेलको कीर्तिमानसँग बराबरी गरेका छन्। रोहित र म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रियमा ४–४ शतक बनाएका छन्।
सूर्यकुमारले करिअरको ६० औँ खेलमा यो उपलब्धि हासिल गरेका हुन्। यशस्वी जैसवालले ६० तथा रिन्कु सिंहले १४ रनको योगदान दिए।
दक्षिण अफ्रिकाका लिजार्ड विलियम्स र केशव महाराजले २–२ तथा नान्द्रे र तबरेज शम्सीले १–१ विकेट लिए।
२०२ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिकाका डेभिड मिलरले सर्वाधिक ३५ रन बनाए। कप्तान एडन मार्करामले २५ तथा फरेरा १२ रनको योगदान दिए।
भारतका कुलदीप यादवले २.५ ओभरमा १७ रन दिएर ५ विकेट लिए। रविन्द्र जडेजाले २ तथा मुकेश कुमार र अर्शदीप सिंहले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
