एकैदिन २०० रुपैयाँले बढ्यो कुरिलोको मूल्य, प्याज घट्यो

बिहीबार प्रतिकिलो ६०० रुपैयाँ रहेको कुरिलो शुक्रबार २०० ले बढेर ८०० रुपैयाँ पुगेको छ।

काठमाडौँ– काठमाडौँमा कुरिलोको मूल्य एकैदिन प्रतिकिलो २०० रुपैयाँले बढेको छ। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार प्रतिकिलो ६०० रुपैयाँ रहेको कुरिलो शुक्रबार २०० ले बढेर ८०० रुपैयाँ पुगेको छ।

सुकेको प्याज प्रतिकिलो १४० रुपैयाँ निर्धारण भएको छ। बिहीबारको तुलनामा प्याज प्रतिकिलो ५ रुपैयाँ घटेको हो। नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ५ रुपैयाँले बढेर ५० रुपैयाँ पुगेको छ। 

यस्तै, समितिले सानो गोलभेँडा १५, रातोआलु ३५, सेतोआलु ३४, गाजर ४०, बन्दा लोकल ३०, काउली २५, रातोमूला १०, सेतोमूला १२, बोडी ६०, मटरकोसा १२०, सिमी लोकल ७० रुपैयाँ प्रतिकिलो निर्धारण गरेको छ। 

शुक्रबार फलफूलको मूल्य भने स्थिर रहेको छ। फूजी स्याउ प्रतिकिलो ३२०, केरा १४०, कागती १२०, अनार ३५०, कालो अंगुर २५०, सुन्तला १००, जुनार २४०, एभोकाडो २०० र किबी २०० रुपैयाँ तोकिएको छ।