प्राधिकरणले बाजुराका भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न गत मंसिर ४ गते पहिलो किस्ताबापत १४ करोड पठाएको थियो।
बाजुरा– बाजुराका भूकम्प प्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ।
१० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।
प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो। त्यसपछि उक्त रकम विपद् व्यवस्थापन कोषमा पठाइएको पौडेलले बताए। भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुपर्ने भएकाले रकम फिर्ता गर्न प्राधिकरणबाट पत्र आएको प्रजिअ पौडेलले बताए।
प्राधिकरणले बाजुराका भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न गत मंसिर ४ गते पहिलो किस्ताबापत १४ करोड पठाएको थियो। हिमाली गाउँपालिका र बूढीगंगा नगरपालिकाबाहेक सात स्थानीय तहका एक हजार ५०९ प्रभावित परिवारका लागि तीन करोड ७७ लाख स्थानीय तहमा पठाइसकिएको छ।
खप्तड छेडेदह गाउँपालिकामा ९६६, त्रिवेणी नगरपालिकामा ११३, गौमुल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा २२७ परिवारलाई प्रतिपरिवार २५ हजारका दरले उपलब्ध गराइनेछ।
प्राधिकरणले गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
