धनुषामा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, १ गम्भीर

तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

धनुषा– धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेको डीएसपी रञ्जन अवालेले जानकारी दिए।

उनका अनुसार सोही मोटरसाइकलमा सवार जनकपुरधाम–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन्। 

सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको न्युरो अस्पताल सिफारिस गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको अनियन्त्रित भएर दुर्घटना भएको थियो।