खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको थियो।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले काठमाडौँ जिल्ला अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएका छन्।
खाणलाई छोड्नका लागि प्रक्रिया पुर्याउन शुक्रबार दिउँसो जिल्ला अदालतमा उपस्थित गराइएको हो। यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाणलाई छाडिने छ।
खाणका वकिल वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उच्चको आदेशबमोजिम काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएपछि खाणलाई शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार पुर्याइने बताए।
“उच्च अदालतको आदेश जिल्ला अदालतमा दर्ता हुन्छ। त्यसपछि धरौटी बुझाएर उहाँ रिहा हुनुहुन्छ,” घिमिरेले भने, “कारागारबाट उहाँलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केहीबेर हाजिर गराउनुपर्नेछ।’
खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको थियो। खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
