कांग्रेस नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसले देशको नेतृत्व गर्ने मौका पाए संघीयता कार्यान्वयन र सुशासनका क्षेत्रमा जनताले महसुस हुनेगरी काम गर्ने बताएका छन्।
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयता कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन्।
आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएको बताउँदै जिम्मेवार दललाई देशको नेतृत्व गर्ने अवसर जनताले दिनुपर्ने बताएका हुन्। उनले निर्वाचनपछि केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्ने कुरा जनताले महसुस हुनेगरी काम गर्ने प्रतिबद्धता गरे। उनले आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने जिकिर गरे।
उनले भने, ‘संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, कांग्रेसले मौका पायो भने संघीयता कार्यान्वयन गरेर देखाउँछौँ। केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्ने कुरा जनताले महसुस हुनेगरी काम गर्छौं। सुशासनको समस्यालाई हल गर्नेछौँ।'
अर्को प्रसंगमा नेता सिंहले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताए। शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताउँदै नेता सिंहले १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रूपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने उल्लेख गरे। उनले भने, ‘नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन्। त्यसैले अहिले शिक्षालाई हामीले वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर शिक्षालाई अघि बढाउनुपर्छ। १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रूपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्छ।'
त्यस्तै, उनले आगामी शैक्षिक नीतिमा विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान् बनाउने कुरा समावेश हुने दाबी गरे। उनले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको बताए। 'नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ, बेरोजगारको समस्यालाई समाधान गरी विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान् बनाउनुपर्छ भन्ने नीति आउने नीतिमा जोड दिनेछौँ', उनले भने।
उनले हरेक वडामा स्वास्थ्य क्लिनिक हुनुपर्ने धारणासमेत राखे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
