परम्परागत नसा उत्रिएपछिकाे चुनाव

राजनीतिमा हस्तक्षेप गर्न चाहनेले वैकल्पिक पार्टी खोल्ने, यिनै पार्टीभित्र असल नेतृत्वको विकल्प खोज्ने तथा पुस्तान्तरणको प्रयास गर्ने हो। समाज त्यस दिशातर्फ जाँदै छ भन्ने सङ्केत याे चुनावले पनि गरे।

मेराे जीवनको साताैंं चुनावमा मैले भाेट हालें। पहिलो पटक २०५१ सालमा मैले भाेट हालेको हुँ। त्यसयता निरन्तर भाेट हालिरहेकै छु। प्रारम्भतिर विद्यार्थी सङ्गठनहरूबाट हामी राजनीतिमा तानिएका थियाैं। त्यतिखेर परम्परागत पार्टीलाई भाेट हालिन्थ्यो। ५१ र ५६ काे निर्वाचनपछि देशमा माओवादी जनयुद्ध व्यापक रूपमा चर्कँदै गयो। युद्धको प्रभाव र त्यसले फैलाएको बेग्लै चेतनाका कारण पुराना पार्टीहरूप्रति दुरी बढ्यो र माेहभङ्ग भयो। त्यस आन्दोलनले राजनीति र समाजमा नयाँ अजेण्डाहरू अघि यार्सा। त्यही अजेण्डालाई समर्थन गर्ने गरी ६३ यता भाेट हाल्न थालियो। तर त्याे निरन्तरता तोडेर ६४, ७० र ७४ काे चुनावमा फेरि अलग पार्टीलाई भाेट हालियो। पछिल्ला तीन चुनावमा पहिचानको मुद्दाले मलाई बेसी छाेएकाे थियो।  



पछिल्ला तीन चुनावमा जुन पार्टीलाई मैले भाेट हालेँ, त्याे पार्टीसँग पनि मेराे लगाव रहेन। आफूले मत दिएका पार्टीहरूले जनअपेक्षा पूरा गरेजस्तो नलागेपछि याे चुनाव (२०७९) मा चाहिँ पार्टीभन्दा पनि व्यक्ति छानेर भाेट हाल्ने अवस्था आयो। आफूले सही ठानेको व्यक्ति जुनसुकै पार्टीको भए पनि उसले जितोस् भन्ने लागेपछि भाेट हालियो। तर आफूलाई 'ठिकै लागेको' पार्टीलाई समानुपातिकमा भाेट हालें। पहिले पहिले जुन स्तरको नसा पार्टीप्रति हुन्थ्यो, याे चुनावमा त्याे उत्रियो। 



किन उत्रियो नसा? 



पुराना पार्टीहरूले आन्दोलन हाँके, उहापुहयक्त्त क्रान्ति गरे र राजनीतिक व्यवस्था बदले। पार्टीहरूका आन्दोलन, सङ्घर्ष र बगावतका आडमा ती दल र तिनका नेताहरूप्रति जनताले भर गरेर मत दिए। परिवर्तन ल्याउन भूमिका खेलेका पार्टीलाई विश्वास गरेर उनीहरूले आफ्नो पक्षमा मतदान गरे। व्यवस्था त परिवर्तन भए तर राज्यको काम गर्ने तौरतरिका, आम मानिसलाई पुर्‍याउनु त्यसले दिने सेवा सुविधा र सुरक्षामा दलहरूले परिवर्तन ल्याउन सकेनन्।सरकार सञ्चालन गर्दा होस् या प्रतिपक्षमा रहँदा, दल र दलका प्रतिनिधिहरूले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सकेनन्। राज्यबाट प्राप्त हुने सेवा सुविधामा आम मानिसको जनजीवनमा राणा र राजाको शासनमा भन्दा तात्त्विक फरक आएन। आर्थिक तथा शैक्षिक अवस्थाहरूमा केही सुधार भएकै हो तर राज्यको कारणले त्यसो भएको थिएन। अन्य विभिन्न कारणले जनताको जीवनमा बदलाव आएको हो। 



पार्टीसँग सिद्धान्त, एजेन्डा, सङ्गठन र नेतृत्व हुन्छ। तर सबैभन्दा महत्त्वपूर्ण पार्टीको नेतृत्व नै हो। पार्टीको एजेन्डामा 'हामी फलानो काम गर्छाैं, तिलानाे सुधार गर्छाैं' भनेर कागजमा उल्लेख गरिन्छ। एजेन्डाहरूकै आधारमा सङ्गठन बनाइएको हुन्छ। तर एजेन्डा कार्यान्वयन गर्ने जिम्मा त फेरि पनि नेताकै हो। तर हाम्रा नेताहरूमा आफ्ना दलका एजेन्डा सम्पन्न गर्ने क्षमता देखिएन। त्यसो भएपछि पार्टीले तय गरेको सिद्धान्त काम लाग्ने भएन, कागजमा मात्रै सीमित रहे एजेन्डा। नेताहरूको सफलता र असफलताका कारण सङ्गठन तन्कने या खुम्चने भयो। आजको आम निराशाले परम्परागत दल हाँक्ने नेताहरूको असफलता प्रष्टन्छ। भन्नुको अर्थ आजको निराशाको प्रमुख कारण नेताहरूकै असफलता हो। 



परम्परागत राजनीतिक दलका नेताहरूसँग उतिखेरको राजनीतिक व्यवस्था बदल्ने योजना र म्याप थियो। उतिखेर निर्दल थियो, बहुदल  ल्याउन पार्टी र नेताहरू लडे। राजासहितको बहुदलबाट गणतन्त्रमा मुलुकलाई लैजान, पुरानो निर्वाचन प्रणालीलाई संशोधन गर्न तथा एकात्मक राज्यलाई सङ्घात्मक बनाउन लागे। उनीहरू सफल पनि भए। यी सबै राजनीतिक रूपान्तरणका एजेन्डाहरू थिए र तत् विषयमा नेताहरू प्रस्ट थिए। तर आन्दोलन सफल भएर सत्तामा पुगेपछि, सत्ताको रोडम्याप हाँक्ने कुशल रणनीति भने उनीहरूमा भएन। सत्तामा मरीचमान सिंह आए पनि शेरबहादुर, प्रचण्ड या उपेन्द्र यादवहरू आए पनि सत्ताको काम गर्ने तौरतरिकामा कुनै बदलाव आएन। मुख्य समस्या त्यही देखियो। 



राजनीतिका तीन स्वरूप हुन्छन् : आन्दोलन, निर्वाचन र सत्ता। तर सत्ताको राजनीतिमा परम्परागत दलहरूले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेनन्। प्राथमिकताहरू निर्धारण गर्न सकेनन्। एकपछि अर्को नेताहरू सत्तामा पुगे र बिग्रिए। नेपाली राज्यको संरचना, स्वभाव र चरित्र जस्तो छ, त्यसमै मिल्न थाले। नेपालको स्थायी सत्ता अर्थात् प्रशासन, न्यायपालिका र सुरक्षा संयन्त्रलाई हाम्राे राजनीतिले परिवर्तन गराउन सकेन। स्थायी सत्ताको आधारभूत चरित्र नै अदक्षता र भ्रष्टाचारी हो, समयमै काम गर्न नसक्ने हो। तर स्थायी सत्ता बदल्ने विषय कुनै पार्टीको एजेन्डा नै बन्न सकेन। स्थायी सत्ताको परिवर्तन आवश्यक छ भनेर हाम्राे नेतृत्वले  बुझेन या बुझ्नै चाहेन।  गएको तीस वर्षको लामो संसदीय अभ्यासमा हामीले विभिन्न पार्टीका प्रदर्शन हेर्याैं। तर जोसुकै प्रधानमन्त्री भए पनि ६ महिना या ८ महिना प्रधानमन्त्रीकाे कुर्सीमा बसेपछि कुनै न कुनै भ्रष्टाचार या कमिसनका काण्डहरू बाहिर आउन थाले। जुनसुकै क्रान्तिकारी पार्टीको सरकार भए पनि ६ महिनामा हुने काम सम्पन्न गर्न एक वर्ष लाग्ने, दुई वर्षमा सकिने प्रोजेक्ट पाँच वर्षमा सकिने, कुनै आयोजनामा अनुमान गरिएको बजेटभन्दा पाँच गुणा खर्च हुने रोग कायम रह्यो।



विकल्प



भ्रष्टाचार र अनियमितता कायम रहने, जनताको जीवनमा कुनै बदलाव ल्याउन नसक्ने याे अदक्ष स्थायी-सत्तालाई बदल्न अब पार्टीको नेतृत्वमा पनि पुस्तान्तरण आवश्यक देखियो। दुखकाे कुरा, पुस्तान्तरणमा यिनीहरूको रुचि देखिएन। त्यसको मतलव युगअनुसारको राजनीति नबुझेको जस्तो देखियो नेपाली नेताहरूले। राज्यलाई सञ्चालन गर्ने तौरतरिकामा पार्टी असफल भएपछि मान्छेहरूले 'पार्टी पार्टी' भन्दै सधैँ भाेट हाल्ने कुरा पनि भएन। 



म मधेसको आन्दोलनमा लागेको, राज्यको पुनर्संरचना माग गर्ने र पहिचानवादी मुद्दा बोक्ने मान्छे हुँ। ६४ यता सोही रुझानका आधारमा पार्टी छानेर भाेट दिएको व्यक्ति हुँ। मैले याे चुनावमा पनि चुनावमा उम्मेदवार छान्दा मधेसका तथा सामाजिक न्यायका कुरा गर्ने र पुरानो पुस्ताभन्दा युवा पुस्तालाई प्राथमिकता दिएँ। त्यसो हुँदा मैले छानेको उम्मेदवारको तिनले अहिलेका राजनीति र समाजका समस्या पनि बुझ्न सकुन्। तदारुकताका साथ काम गर्न सकुन्। सक्रिय र सृजनशील भएर काम गरून्। आम मतदाताका रूपमा यसो गरेर मैले यसो गरेर मैले विकल्प खोजेको हुँ। र, राजनीतिमा हस्तक्षेप गर्न चाहनेले वैकल्पिक पार्टी खोल्ने, यिनै पार्टीहरूभित्र असल नेतृत्वको विकल्प खोज्ने तथा पुस्तान्तरणको प्रयास गर्ने हो। समाज त्यस दिशातर्फ जाँदै छ भन्ने सङ्केत याे चुनावले पनि गरेको छ।