डा गोविन्द केसीले विगतमा सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नभएको भन्दै शुक्रबार साँझ ५ बजेबाट सत्याग्रह शुरू गर्ने घोषणा गरेका छन्।
काठमाडौँ– चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले शुक्रबारदेखि तीनदिने सत्याग्रह शुरू गर्ने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले विगतमा सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेकोले शुक्रबार साँझ ५ बजेबाट सत्याग्रह शुरू गर्न लागेको जानकारी दिएका हुन्। आफूले विगत लामो समयदेखि विभिन्न मुद्दा उठाएर सत्याग्रहमा बसे पनि सरकारले माग पूरा नगरेको उनको आरोप छ।
“यो अवस्थामा अन्यायमा पर्ने नागरिकका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ। विगत लामो समयदेखि यी मुद्दाहरू उठाएर हामीले सत्याग्रहसमेत गर्दै आएका छौँ। तर पनि अवस्था परिवर्तन भएको छैन। त्यसैले जबाफदेही बनाउनका लागि मंसिर २९ गते साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह शुरू गर्ने घोषणा गर्दछौँ,” उनले पत्रकार सम्मेलनमा भने।
डा. केसीले सरकारी अस्पतालमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउनुपर्ने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्नुपर्ने माग राखेका छन्। त्यस्तै, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनुपर्ने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि आफूसँग भएका सम्झौताअनुसार इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोल्नुपर्ने माग पनि अघि सारेका छन्।
सय शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रमहरू शुरू गर्नुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानूनी व्यवस्था गर्नुपर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै आफूसँग यसअगाडि सम्झौता भयाबमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयमा नियुक्ति गर्नुपर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्न र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानूनी व्यवस्था गर्न माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
