कांग्रेस नेता मीनबहादुर विश्वकर्माले राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताए।
काठमाडौँ– सत्ता साझेदार दल नेपाली कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो।
बैठकपछि निर्णय सुनाउँदै नेता मीनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको बताए। यसअघि पहिलो पटक मंसिर २९ गतेदेखि पुस २ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो। तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गतेसम्म पुर्याइएको थियो। राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गर्दै बैठक सारिएको कांग्रेसले जनाएको छ।
नेता विश्वकर्माले राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताए। उनले निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको जनाए।
उनका अनुसार बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरू महासमितिमा सिफारिस गर्ने निर्णय भएको छ। कांग्रेसले भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपैयाँ दिन अझै नसकेको बारेमा सरकारको ध्यानाकर्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ।
नेता विश्वकर्माले बैठकले पुस १६ गतेदेखि माघ १६ गतेसम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय भएको पनि बताए। कांग्रेसले पार्टीका विधानमा रहेका केही अनुसूचीहरू परिमार्जन गर्ने, पार्टीका तर्फबाट समानुपातिकको बन्द सूचीमा रहेका केही केन्द्रीय सदस्यहरूको नाम आजै फिर्ता लिने निर्णय पनि गरेको छ।
उनले बारामा शिक्षकहरूको शान्तिपूर्ण धर्नामा भएको घटनाको भर्त्सना गर्ने र तत्काल दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उच्चस्तरीय स्वास्थ्योपचार गर्नका लागि माग गर्ने निर्णय भएको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
