कर्णाली र गण्डकीका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

तराईका विभिन्न स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। तराईका विभिन्न स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

यस्तै, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

देशभर नै तापक्रम घट्दै गएका कारण चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।