हमासविरुद्ध दोस्रो चरणको हमला गर्ने रणनीतिमा इजरायल

विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे योजना बनाइरहेको बताइएको छ।

अमेरिका र इजरायलबीच हमासविरुद्धको कारबाहीका विषयमा गहन वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे योजना बनाइरहेको जनाएको छ। 

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले अब गाजामा युद्धका क्रममा हमासका नेतालाई निशाना बनाउन सक्ने बताएका छन्। 

रिपोर्टहरूका अनुसार, अमेरिकाले व्यापक बम विस्फोट र भूमिगत कारबाहीको सट्टा हमासका नाइकेलाई प्रत्यक्ष ध्वस्त पार्न दबाब दिइरहेको छ। यसै विषयमा इजरायल र अमेरिकाबीचमा लगातार छलफल भएको हो।

आफ्नो इजरायल भ्रमणपछि अमेरिकी सल्लाहकार जेक सुलिवानले युद्धको अर्को चरणमा परिवर्तन हुने बताएका छन्।

इजरायलको प्रमुख निशानामा मोहम्मद डेफको नाम पनि समावेश छ। डेफ हमासको सैन्य शाखाको प्रमुख रहेको बताइएको छ। 

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आतंकवादी हमलामा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो।

इजरायली सेनाले गरेको जवाफी कारबाहीमा हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।