भीमफेदीको एक हजार ६० रोपनी जग्गामा २६६ किसानले कोदो रोपेका र त्यसबाट १०० मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ।
मनहरी– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसान उत्साहित भएका छन् ।
गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ। पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै शहर बजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरे।
भीमफेदीको एक हजार ६० रोपनी जग्गामा २६६ किसानले कोदो रोपेका र त्यसबाट १०० मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा कोदो उत्पादन बढाउन पालिकाले २० लाख रुपैयाँ अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताए।
यस वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उनले बताए। अनुदान पाएका किसान बाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
गाउँपालिकाले पालिका भित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ।
गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ५५ र फापर प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
