टिप्परको ठक्करबाट दाङमा २ जनाको मृत्यु

प्युठानको झिम्रुक–४ बाङेका १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी–६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको छ। 

देउखुरी– घोराही–तुलसीपुर सडकखण्डस्थित नारायणपुरको झारबैरा चोकमा शुक्रबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

शुक्रबार राति रा१क १३०७ नंको टिप्परले रा२प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्युठानको झिम्रुक–४ बाङेका १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी–६ लुङका १८ वर्षीय सागर केसी घाइते भएका थिए। 

उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार मृत्यु भएको दाङ प्रहरीका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए। 

टिप्परसहित चालक रोल्पाको रुन्टिगढी–९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।