प्रधानमन्त्री दाहालले देशमा एकथरि तत्त्वहरूले सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस भइरहेको टिप्पणी गरेका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले देशमा एकथरि तत्त्वहरू सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको भन्दै व्यवस्था उल्ट्याउन खोज्ने तत्त्वहरूविरुद्ध संघर्ष र प्रतिरोध गर्न आवश्यक रहेको बताएका हुन्।
“अहिले देशमा एकथरि तत्त्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरी संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन्। इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै संस्कृतिहरू समान रूपमा मौलाउन र विकास हुन सक्छन्,” उनले भने, “त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्यवस्था उल्ट्याउन खोज्ने तत्त्वहरूविरुद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ।”
प्रधानमन्त्री दाहालले नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउनुपर्नेमा जोड दिए। उनले विश्वका विभिन्न देशमा संवत् मनाउँदा अन्तर्राष्ट्रिय र राष्ट्रिय दुई वटा नै मनाउने गरेको भन्दै चाँडै नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउने दाबी गरे।
“आज तपाईंहरूले भन्नुभएको छ काम काज भाषामा कै रूपमा बागमती र काठमाडौँ उपत्यकामा त अहिले कामकाज भाषाको रूपमा नै प्रयोग हुँदै आएको छ। बिस्तारै सायद एउटा अन्तर्राष्ट्रिय संवत् हुन्छ। एउटा राष्ट्रिय संवाद हुन्छ। विश्वका विभिन्न देशमा संवाद मनाउँदा दुई वटा नै मनाउने गर्छन्। हाम्रो यहाँ पनि सायद राष्ट्रिय संवत् नेपाल संवत् मात्रै हुन्छ भन्ने मैले सुनेको छु। हामी मिल्यौँ भने त्यो दिन पनि धेरै टाढा छैन। नेपाल संवत् मात्रै नेपालको राष्ट्रिय संवत् हुन सक्छ,” उनले भने।
प्रधानमन्त्री दाहालले सातदोबाटोदेखि चाँपागाउँसम्मको सडक विस्तार गर्न आवश्यक देखिएको भन्दै सरकाले बाटो विस्तारमा पहल गर्ने प्रतिबद्धता जनाए। “सातदोबाटोदेखि चाँपागाउँसम्म मुख्य रूपमा बाटो त बन्यो तर २२ मिटरको हुनुपर्ने भएको छैन। त्यो बाटो विस्तारको माग गरिएको छ। यो बाटोमा म आफैँ जानकार पनि छु र बाटो विस्तार गर्ने कुरामा मेरो नेतृत्वको सरकारले पहल गर्ने विश्वास सबैलाई दिलाउन चाहन्छु,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
