क्यानओपी जिपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ।
काठमाडौँ– चोभारमा पहिलो पटक क्यानओपी जिपलाइन सञ्चालनमा आएको छ। शनिबारबाट सञ्चालनमा आएको क्यानओपी जिपलाइन नेपालमै पहिलो पटक नमूना जिपलाइनका रूपमा निर्माण गरिएको व्यवसायीहरूले दाबी गरेका छन्।
क्यानओपी जिपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ। शुरूमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताइएको छ।
कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले नेपालकै पहिलो र नमूना जिपलाइन क्यानओपी रहेको दाबी गरे। उनले जिपलाइन एउटै स्टेप र अनुभवमा सकिने भए पनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने उल्लेख गरे।
उनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्न सकिने व्यवस्था गरिएको बताए। उनले जापनिज प्रविधि र नेपालकै विज्ञहरूबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धा सबैले अनुभव लिन सक्ने उल्लेख गरे।
कार्यक्रममा बोल्दै जेभी एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हब बनाउन आवश्यक रहेको बताए। पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने उनको भनाइ छ।
कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने विश्वास व्यक्त गरे। उनले हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्ने बताए।
चोभार क्यानओपी जीपलाइनको उद्घाटन गरेकी अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चर प्रेमी भएकाले उत्साहित रहेको बताइन्। नेपालमा पर्यटक बढाउने गतिविधि बढीभन्दा बढी हुनुपर्ने उनको भनाइ छ। क्यानओपी जिपलाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
