परराष्ट्रमन्त्री एनपी साउदले कतार भ्रमणका क्रममा विपिन जोशीको सकुशल रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालमा जलवायु परिवर्तनले पारेको असरको विषय उठाएको बताएका छन्।
काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले कतार भ्रमणका क्रममा आफूले इजरायलमा आक्रमणका क्रममा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइको विषय गम्भीरतासाथ उठाएको बताएका छन्।
दोहा २१औँ फोरममा सहभागिता जनाएर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जोशीको रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालमा जलवायुले पारेको असरको विषय उठाएको बताएका हुन्।
“नेपालको विकासमा कतारको सहयोगलाई निरन्तरता दिन नेपाली नागरिकलाई सुरक्षित रोजगारीका थप अवसर उपलब्ध गराउन, नेपालको जलवायुलगायतका क्षेत्रमा कतारको लगानी अभिवृद्धि गर्न, हमास समूहको अपहरणमा परी बन्धक बनाइएका विपिन जोशीको सकुशल रिहाइमा कतार सरकारको थप सहयोग र समन्वय लगायतका विषयमा छलफल गरेको छु,” उनले भने, “यी विषयहरूमा कतार सरकारबाट निकै सकारात्मक जवाफ प्राप्त भएको छ।”
यस्तै, उनले दोहा पुगेकै दिन नेपाली दूतावासको स्थलगत अवलोकन गरी सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको जानकारी पनि गराए।
“दोहा पुगेको दिन त्यहाँ नेपाली दूतावासको अवलोकन गरेर दूतावासको कार्यप्रगति एवं समस्या र चुनौतीहरूका बारेमा जानकारी लिएको छु। दूतावासको कार्यसम्पादन थप प्रभावकारी बनाएर सेवाग्राहीहरूलाई सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको छु,” उनले भने। जलवायु परिवर्तनका कारण नेपालले सामना गर्नुपरेका समस्याहरूको न्यूनीकरणका लागि नेपालले आफ्नो तर्फबाट चालेका कदमहरूका बारेमा जानकारी गराएको उनले बताए।
परराष्ट्रमन्त्री साउद दोहा २१औँ सम्मेलनमा सहभागी हुन गत शनिबार दोहा गएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
