मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
भक्तपुर– टिपरको ठक्करबाट मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रअगाडि स्कुटर चालकको मृत्यु भएको छ।
बहाखा बजारबाट सानोथिमितर्फ जाँदै गरेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई शनिबार विपरीत दिशाबाट आउँदै गरेको बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट स्कुटर चालक काभ्रेपलान्चोकको रोशी गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–३ गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
प्रहरीले टिपर चालक धादिङ थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
