इजरायली सेनाको आक्रमणबाट तीन बन्धकको मृत्युपछि तेल अभिवमा प्रदर्शन

इजरायली सैनिकको गोली प्रहारबाट गाजामा हमासले बन्धक बनाएका तीन जनाको ज्यान गएपछि तेल अभिवमा विरोध प्रदर्शन भएको छ।

इजरायली सैनिकको गोली प्रहारबाट गाजामा हमासले बन्धक बनाएकामध्ये तीन जनाको ज्यान गएपछि तेल अभिवमा विरोध प्रदर्शन भएको छ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका रिपोर्टहरूमा प्रदर्शनकारीले शहरको मुख्य सडकमा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले बन्धक बनाइएकाहरूको सुरक्षा र रिहाइको माग गरेका थिए। कतिपय प्रदर्शनकारीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सरकारले जनताको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन्।

इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीवश ज्यान गएको जनाएको छ। इजरायली सेनाले तेल अभिवमा भएको प्रदर्शनप्रति पनि खेद व्यक्त गरेको छ।

इजरायली सेनाले गाजा शहरको सीमा क्षेत्रमा अपरेसनका क्रममा तीन बन्धकमाथि गोली चलाएको थियो। उनीहरूको शव इजरायलमा सारिएको थियो। अनुसन्धानबाट उनीहरू २८ वर्षीय  योतम हैम, २५ वर्षीय समर अल–तलालका र २६ वर्षीय एलन शम्रिज भएको पुष्टि भएको थियो। 

प्रदर्शनकारीहरूले बन्धक बनाइकाहरूको रिहाइका लागि अर्को चरणको योजना ल्याउन सरकारलाई दबाब दिएका थिए। नोभेम्बरमा छोटो समयका लागि युद्धविराम भएको थियो। त्यतिबेला इजरायली जेलमा रहेका केही प्यालेस्टिनीहरूको बदलामा  ११० जना बन्धक रिहा भएका थिए। रिहा हुनेमध्ये रसियन–इजरायली, थाइल्यान्ड र फिलिपिन्सका नागरिकहरू पनि थिए। त्यसपछि त्यो सम्झौता अन्त्य भएको छ र लडाइँ फेरि शुरू भएको छ।