बराबरीपछि सिटी १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा कायम छ। १७ खेलबाट १७ अंक जोडेको प्यालेस १५औँ स्थानमा छ।
काठमाडौँ– प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्।
शनिबार राति भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा सिटी २–२ को बराबरीमा रोकिएको हो।
ज्याक ग्रिलिसले २४औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। ५४औँ मिनेटमा रिको लुइसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए।
तर, खेलको अन्त्यतिर सिटीले २ गोल खायो। ७६औँ मिनेटमा प्यालेसका जिन फिलिप मटेटाले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए।
इन्जुरी समयको पाँचौँ मिनेटमा प्यालेसले पेनाल्टी पायो। फोडेनले मटेटालाई बक्सभित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। पेनाल्टीमा माइकल ओलिसेले गोल गर्दै खेल बराबरी गरे।
बराबरीपछि सिटी १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा कायम छ। १७ खेलबाट १७ अंक जोडेको प्यालेस १५औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
