ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको छ।
भरतपुर– चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु भएको छ।
माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार राति भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो।
बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्याक्टरले ठक्कर दिएको डीएसपी विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार ठक्कर दिने ट्याक्टरको पहिचान भइसकेको छैन। ठक्कर दिएको आशंकामा केही ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केही दिनअघि मात्रै माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
