मंसिर २६ गते शुरू भएको महोत्सवको मुख्य दिन आइतबार रंगभूमि मैदान बाह्रबिघामा सीताराम स्वयंवर हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए।
जनकपुरधाम– जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको मुख्य दिन आइतबार (आज) सीताराम स्वयंवर हुँदैछ।
मंसिर २६ गते शुरू भएको महोत्सवको मुख्य दिन आइतबार हजारौँ श्रद्धालुको उपस्थितिमा रंगभूमि मैदान बाह्रबिघामा सीताराम स्वयंवर हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैणवले जानकारी दिए।
आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिवधनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमीमा सीतारामको विवाह भएको प्रसंगअनुसार स्वयंवर आयोजना हुन लागेको महन्त दासले बताए। सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ।
राम मन्दिरबाट रामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुर्याइन्छ। जानकी मन्दिरबाट लिइएको जानकीको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध व्यक्तिले त्यहाँ स्वागत अभिनन्दन गर्छन्।
सोही मैदानमा रामको डोलीलाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर रामचन्द्रको डोलीबाट महन्तले जानकी (सीता)लाई माला लगाई आरती पूजनपछि विधिवत् स्वयंवर हुन्छ।
तत्पश्चात् लावालस्करसहित राम मन्दिरको मण्डप जानकी मन्दिर पुर्याएर आरती पूजन गरी राम मन्दिर फर्किने चलन छ। आजै राति मिथिला परम्पराअनुसार रामचन्द्र र जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
