१५औँ शताब्दीमा पर्वतेराज्य सञ्चालन गरेका राजा दिलीपबम मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बंगुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ।
बेनी– म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित ‘गाजने’ गाउँमा कुखुरा र बंगुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन। यो अनौठो संस्कारलाई स्थानीयले सयौँ वर्षदेखि निरन्तरता दिएका छन्।
सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर गाजनेमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा र बंगुरपालन तथा मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँका २५ घरधुरीले यही नियमलाई पालना गर्दै आएका छन्। धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्व कालदेखि नै कुखुरा र बंगुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए।
“यो तत्कालीन राजाले बसालेको नियम हो। बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए,” उनले भने, “उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन। क्षति भयो। अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्।”
बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्लले भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेका थिए। त्यसपछि गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बंगुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन्। यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन। बाहिरबाट लगेर कुखुरा तथा बंगुर बिक्री र काटमार पनि गर्न पाइँदैन।
अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने शाकाहारी गाउँका रूपमा चिनिन थालेको छ। जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन्। अबिरको सट्टा केसरी र रातो ध्वजापताकाको सट्टा पहेँलो र सेतो कपडाको फेटा लगाइन्छ। पहेँलो र सेतो धजा चढाउने गरिन्छ।
तत्कालीन राजा दिलीपबमले १५औँ शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए।
पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ। जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन्।
गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृंखलाको अवलोकन गर्न सकिने भएकाले यहाँ धार्मिक पर्यटकसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको बानियाँले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
