घाइतेमध्ये १० जनाको दमौली अस्पताल र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
दमौली– मुग्लिनबाट पोखरा गइरहेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। ग२ख १४५९ नम्बरको बस टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट खसेर दुर्घटना भएको डीएसपी मोहनबहादुर खाणले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेमा तनहुँको भानु–१ साजबोटेका असिमा साही, भानु–३ चाम्बासका सबिता सुनार, सबिना सुनार, मोरङको कटेरी–२ का ३० वर्षी प्रदीप गोदार छन्।
त्यस्तै भोजपुरको टेम्केमैयुङ–९ हिलेखर्कका सुरन राई र सुमित्रा राई, व्यास– २ का पिल्लिमाया थापा, बन्दीपुर–१ का ज्ञानदेवी श्रेष्ठ र स्नेहा श्रेष्ठ, व्यास–२ का एन्जल भट्टराई, आँबुखैरेनी–५ छिम्केश्वरीका पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन्।
साथै, भानु–१ साझबोटेका बबिता थापा, नवीन थापा, दुर्गा थापा, नवीना थापा, व्यास–२ डाङग्रे खोल्सीका दीपा थापा, व्यास–११ मूलपानीका जुनु भट्टराई र पूर्णिमा भट्टराई छन्।
घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
