राप्रपाले जनता, शुभेच्छुक तथा शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने अध्यक्ष लिङ्देनले बताएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको बताएका छन्।
आइतबार काठमाडौँमा शुरू भएको राप्रपाको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारका हरेक काण्डमा अन्य दलका नेताको संलग्नता देखिनाले राप्रपाको पक्षमा जनमत बढ्दै गएको बताएका हुन्।
“नेताहरू भ्रष्टाचारमा संलग्न भएका तथ्य बाहिर आइसकेको छ,” उनले भने, “भ्रष्टाचारका हरेक काण्डमा दलका नेताको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएको छ। तर, हाम्रो पार्टीको अजेन्डाको पक्षमा जनमत बढ्दै गएको छ।”
अध्यक्ष लिङ्देनले सबै दलका नेताहरू मिसन ८४ भनेर हिँडिरहेका अवस्थामा राप्रपालाई भने त्यो छुट नभएको बताए। “राप्रपालाई मिसन ८४ कुर्ने छुट छैन। धैर्य गर्ने समय छैन। किनकि देशको अर्थतन्त्र ओरालो लागिरहेको छ।”
राप्रपाले जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने उनको दाबी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
