आजपाले भन्सार नियमावलीमा व्यवस्था गरिएको ‘४५ प्रतिशत पुरस्कार’को प्रावधान खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ।
काठमाडौँ– प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले भन्सार नियमावलीमा व्यवस्था गरिएको ‘४५ प्रतिशत पुरस्कार’को प्रावधान खारेज गर्न माग गरेको छ।
आजपाले आइतबार भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्थालाई ‘लुटकारी प्रावधान’को संज्ञा दिँदै सो व्यवस्था खारेजीका लागि दबाब दिन काठमाडौँ, त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको हो।
विरोध कार्यक्रममा सहभागी पार्टीका स्थायी कमिटी सदस्य बिल्टुप्रसाद यादवले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कार जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्नुपरेको बताए।
“भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको लुट भइरहेको छ। त्यो जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको छ, यो अनधिकृत कुरा हो। त्यो जनताले पाउनुपर्छ भन्ने हाम्रो माग हो। कर्मचारीहरूले बाँडिचुँडी खाने प्रवृत्तिविरुद्ध हामी उभिएका हौँ,” उनले भने।
उनले तीन दिनभित्र सरकारले माग पूरा नगरे जिल्लाका भन्सार कार्यालय घेराउ गर्ने र आफूहरूले आन्दोलन जारी राख्ने चेतावनी दिए।
पार्टी केन्द्रीय सदस्य रञ्जुकुमारी साहले राज्यले नियमकानून बनाएर आफैँले पालना नगरेकाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी गर्नुपर्ने मागसहित आफूहरू आन्दोलनमा उत्रिएको बताइन्।
“राज्यले नियमकानून बनाएर भन्सारमा जुन आम नागरिकले ४५ प्रतिशत छुट पाउने भनेको छ, त्यो कर्मचारीहरूले पाइरहेका छन्। जनताले पाएका छैनन्। सरकारले भन्सार छली नियन्त्रण गर्नुपर्छ,” उनले भनिन्।
भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थाअनुसार कुनै चोरी निकासी वा पैठारीको मालसमान बरामद गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ।
आजपाले यसअघि गत असोजमा पनि भन्सार विभाग घेराउ गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
