भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला मन्त्रालयगत समन्वयमा अभावका कारण अर्थ, कानून र वन मन्त्रालयमा गएका फाइलहरू त्यहीँ अड्किने गरेको बताउँछन्।
काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आयोजनाको रकमान्तर, भुक्तानी र समन्वयको समस्याबाट भौतिक पूर्वाधार मन्त्रालय गुज्रिरहेको बताएका छन्।
आइतबार राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा उनले संसदीय समितिले अर्थ मन्त्रालय र भौतिक मन्त्रालयलाई सँगै राखेर छलफल गराए आफूहरूलाई सहज हुने बताए।
“अन्तर मन्त्रालयगत समन्वयमा समस्या छ। मन्त्रिपरिषद्मा पनि यो विषयमा छलफलमा समन्वय गरे हुन्छ। अर्थ, कानून र वन मन्त्रालयमा गएका फाइलहरू त्यही अड्किने समस्या छ,” उनले भने।
उनले संयन्त्र नै बनाएर अन्तर मन्त्रालय समन्वय गराउने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएकाले केही सहजता हुने विश्वास लिएको बताए।
मन्त्री ज्वालाले बिनातयारी आयोजनाहरूका ठेक्का प्रक्रिया अगाडि नबढाइएको पनि बताए। उनले विगतका सरकारले पूर्वतयारीबिना आयोजनाको ठेक्का लगाउँदा वर्तमान सरकारले पुरानै आयोजनाको भार बोक्न बाध्य भएको गुनासो गरे। तयारी नगरी टेन्डर गर्दा पछि समस्या आउने र आयोजना सम्पन्न गर्न पनि लामो समय लाग्ने उनको भनाइ छ।
“आयोजनाहरूको तयारीबिना टेन्डर गरिदिँदा पछि समस्या आउने र आयोजनाहरूको समय लम्बिने समस्या छ। यो हिजोदेखिकै समस्या हो। तर अहिले सरकारले पूर्वतयारीबिना आयोजनाहरू टेन्डर प्रक्रियामा लैजाँदैन,” उनले भने।
मन्त्री ज्वालाले सरकारले पछिल्लो समय काम नगर्ने आयोजनाका ठेक्का तोड्न थालेको उल्लेख गरे। तर ठेक्का तोड्दा पनि नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने र समय धेरै लाग्ने भएकाले केही आयोजनाको ठेक्का तोड्न नसकिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
