आइतबार नेप्से २७.७५ अंकले बढेर २०२२.३५ को बिन्दुमा कायम भएको छ। ११ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.७५ अंकले बढेको छ। आइतबार १.३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २०२२.३५ को बिन्दुमा कायम भएको हो।
आइतबार २९५ कम्पनीको एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर एक लाख एक हजार १२८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
बैंकिङ समूहको उपसूचक ०.६७, म्युचुअल फन्ड ०.४२ र व्यापार समूह ०.२३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जलविद्युत् समूह ५.५५ र लगानी समूह ३.१२ प्रतिशतले बढेको छ।
११ वटा कम्पनीको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ। ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
त्यस्तै, विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। आइतबारको कारोबारमा सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.७७ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको २५ करोड १२ लाख ९० हजार ७४६ रुपैयाँ बराबरको १७ लाख ८० हजार ६३५ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
