यूएईलाई पराजित गर्दै बांग्लादेशले पहिलोपटक यू१९ एशिया कपको उपाधि जितेको छ।
काठमाडौँ– यूएईलाई फाइनलमा पराजित गर्दै बांग्लादेशले पहिलोपटक यू१९ एशिया कपको उपाधि जितेको छ। आइतबार सम्पन्न खेलमा आयोजक यूएईलाई १९५ रनले पराजित गर्दै बांग्लादेशले उपाधि जितेको हो।
बांग्लादेश दोस्रो पटक फाइनलमा पुगेको हो। यसअघि सन् २०१९ मा श्रीलंकामा सम्पन्न प्रतियोगितामा भारतसँग ५ विकेटले पराजित हुँदै बांग्लादेश उपविजेता बनेको थियो।
फाइनल प्रवेशका लागि भएको खेलमा बांग्लादेशले भारतलाई ४ विकेटले पराजित गर्दै उपाधिका लागि यूएईसँगको भेट पक्का गर्यो।
उपाधिका लागि बांग्लादेशले दिएको २८३ रनको लक्ष्य पछ्याएको यूएईले २४.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो।
यूएईका ध्रुव प्रशारले अविजित रहँदै सर्वाधिक २५ रन बनाए। उनले ४० बलमा २ चौका प्रहार गरे।
यता, अक्षत राईले ११ रन बनाउनुबाहेक यूएईका अन्यले खेलाडी दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बांग्लादेशका मारुफ मृधा र रोहनत डौल्लाह बोर्सनले ३/३ विकेट लिए। इकबाल हुसेन इमन र शेख पावेज जीवनको नाममा २/२ विकेट रह्यो।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बांग्लादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनायो।
आशिकुर रहमान सिबलीले सर्वाधिक १२९ रन बनाए। ओपनर सिबलीले १४९ बलमा १२ चौका र १ छक्का प्रहार गरे।
चौधरी मोहम्मद रिजवानले ७१ बलमा ४ चौका र १ छक्कासहित ६० रन बनाए।
आरिफुल इस्लाम ५० रनमा आउट हुँदा कप्तान महफुजुर रहमान रब्बीले २१ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।
यूएईका आयमान अहमदले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ५२ रन खर्चिए। ओमिद रेहमानले २ विकेट लिँदा हार्दिक पाइ र ध्रुव प्रशारको नाममा १/१ विकेट रह्यो। सेमिफाइनलमा पाकिस्तानलाई ११ रनले पराजित गर्दै यूएई पहिलोपटक फाइनलमा पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
