सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकार र सत्ता गठबन्धनभित्र मन्त्री फेरबदलको विषयमा चर्चासमेत नभएको बताएकी छन्।
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तत्काल मन्त्रिपरिषद् फेरबदलको सम्भावना नरहेको बताएकी छन्।
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले अहिले सत्तागठबन्धन र सरकारमा मन्त्री फेरबदलको चर्चासमेत नभएको दाबी गरिन्। “अहिले मन्त्रीहरू केही परिवर्तन हुन्छ कि भन्ने कुरा छैन। यो हाम्रो गठबन्धन र राजनीतिक दलभित्र भएको छैन, यो सम्भावना तत्काल छैन,” उनले भनिन्।
उनले सरकार आफ्नो उद्देश्यमा अविचलित रूपमा अगाडि बढेको दाबी गरिन्। सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको बताइन्। “सरकारले लय गुमायो कि भन्ने चिन्ता छ, हामीले लय गुमाएका छैनौँ। सरकारको प्राथमिकता भनेको समृद्धिमा पुग्ने, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने हो। सरकार आफ्नो उद्देश्यमा अविचलित छ,” उनले भनिन्।
मन्त्री शर्माका अनुसार मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० स्वीकृत गरेको छ। सरकारले क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने, फिनल्यान्डको होलसिन्कीमा आयोजना हुने इन्टु साइटुको २२औँ वार्षिक बैठक तथा तालिममा सहभागी हुन उपमहालेखापरीक्षक पदमराज पौडेललाई उपस्थित हुन स्वीकृत दिएको छ।
सरकारले हुन्सा खोला जलविद्युत् आयोजनाका लागि ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिकास्थित करिव ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ। सरकारले पूर्व—पश्चिम विद्युतीय ल्यान्ड मार्गको निजगढ—बर्दिबास खण्डमा पर्ने घर, टहरा तथा जग्गाहरूको मुआब्जा राहत स्वरूप क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने, नेपाली सेनाका सहायक रथी सन्तोषवल्लभ पौडेललाई उपरथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको उनले बताइन्।
त्यस्तै, सरकारले नेपाल र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने, दुनु नगरपालिका दैलेख, फलेवास नगरपालिका पर्वत, गलकोट नगरपालिका बागलुङ, जलजला गाउँपालिका पर्वत, कालीमाटी गाउँपालिका सल्यान, पाँचखपन नगरपालिका संखुवासभा, छत्रदेव गाउँपालिका अर्घाखाँची, अहर्नमा गाउँपालिका सिरहा, गल्छी गाउँपालिका धादिङ, गलबजार नगरपालिका सिरहा, मध्यपुर थिमि नगरपालिका भक्तपुर, बर्दिबास नगरपालिका महोत्तरी, हैरनगर गाउँपालिका सुनसरी र राजपुर नगरपालिका रौतहटलाई स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेकी शर्माले सरकारले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति स्वीकृत गर्ने, वन्यजन्तु वासस्थान व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्ने, हात हतियार खरखजाना नियमावली १२ औँ संशोधन, २०८० स्वीकृत गर्ने, कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने, राष्ट्रिय बृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने निर्णय गरेको बताइन्।
प्रवक्ता शर्माले सरकारले कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने, राष्ट्रिय बृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने, नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने, राजपत्रांकित विशिष्ट श्रेणीका सुरेश आचार्यसमेतका सात जना सचिवहरूको सरुवा गर्ने निर्णय गरेको पनि बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
