सरकारले उखु किसानहरूलाई भुक्तान गर्न बाँकी ५२ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले उखु किसानहरूलाई दिन बाँकी ५२ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा आइतबार सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवसँगको बैठकले उखु किसानहरूको भुक्तानी गर्न बाँकी रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवलगायत उपस्थित थिए।
बैठकमा प्रधानमन्त्री दाहालले कृषिक्षेत्र र किसानलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।
किसानले अनुदानबापतको बक्यौता रकम नपाएसम्म उखुको मूल्य निर्धारण गर्न नदिने अडान लिएका थिए। विभिन्न माग अघि सारेर किसानले आन्दोलनसमेत थालेपछि सरकारले उनीहरूले पाउनुपर्ने रकम उपलब्ध गराउने निर्णय लिएको हो। समर्थन मूल्य निर्धारण नभएका कारण किसानले उखु बेचेका छैनन् भने चिनी मिलले ‘क्रसिङ’ गर्न पाएका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
