श्रमसचिव केवलप्रसाद भण्डारीले म्यानपावर कम्पनीले श्रमिकहरूबाट एक महिनाको पारिश्रमिक बराबर र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिन सक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए।
काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षासचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि ‘फ्री भिसा फ्री टिकट’मा नेपाली श्रमिकहरू पठाउन नसकिएको बताएका छन्।
आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रमसचिव भण्डारीले नेपालबाट वैदेशिक रोजगारीका लागि खाडीलगायत मुलुकमा फ्री भिसा फ्री टिकटमा पठाउन नसकिएको बताएका हुन्।
उनले योग्यता, क्षमता र सीप भएका श्रमिकको माग गर्दा नै त्यो देशको एजेन्सीले ‘सटेन कमिसन’ लिने गरेको उनको भनाइ छ। उनले श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्री भिसा फ्री टिकटमा श्रमिक पठाउन नकिने देखिएको उल्लेख गरे।
सचिव भण्डारीले सरकारले फ्री भिसा फ्री टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको सुनाए। “फ्री भिसा फ्री टिकटको काम भइरहेको छ। हरेक वर्ष १८ देखि २० हजार मानिसहरू फ्री भिसा फ्री टिकटमा गइरहेका छन्। तर फ्री भिसा फ्री टिकटमा पनि कहीँ न कहीँ कष्ट छ,” उनले भने।
उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने मापदण्ड बनाएको भन्दै १० हजारमा पठाउन नसकिने बताए। उनले म्यानपावर कम्पनीले श्रमिकहरूबाट एक महिनाको पारिश्रमिक बराबर र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिन सक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए।
उनले अभिमुखीकरण तालिमका दिन्छु भनेर खोदिएका संस्थाहरूले अभिमुखीकरण तालिम नदिए तत्काल खारेज गर्ने बताए। उनले मन्त्रालयले अनुगमनका क्रममा धेरै संस्थाहरूले तालिम नदिएको पाएकाले त्यस्ता संस्थाहरू खारेज गर्न लागेको बताए।
उनले दर्ता गर्ने तर कर्तव्य पालना नगरेपछि त्यस्ता संस्थाहरूलाई खारेज हुने बताए। अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ।
यो वर्ष नेपालले आप्रवासी र आश्रित परिवारको संरक्षण, महिला आप्रवासी श्रमिकको सम्मान गर्न लैंगिक विभेदको अन्त्य, आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
