सियोल र वासिंटनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो।
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कुनै पनि आणविक आक्रमणले प्योङयाङको शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उत्तर कोरियाले आइतबार कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले जनाएको छ।
“उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,” सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले भने।
सियोल र वासिंटनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो। दुई मित्र राष्ट्रले शुक्रबार वासिंटनमा आणविक परामर्श दाता समूहको दोस्रो बैठक आयोजना गरेका थिए, जहाँ उनीहरूले उत्तर कोरियासँगको द्वन्द्वको स्थितिमा आणविक प्रतिरोधका बारेमा छलफल गरेका थिए।
उत्तर कोरियाली नेता किम जोङ उनका पिता तथा पूर्ववर्ती किम जोङ इलको निधन भएको मिति पारेर प्योङयाङले यो प्रक्षेपण गरेको हो। इलको सन् २०११ डिसेम्बर १७ मा निधन भएको थियो।
उत्तर कोरियाले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो। उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ। गत महिना प्योङयाङले सैन्य जासुसी उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा स्थापित गरेको थियो। त्यसपछि उसले आकाशबाट आफ्नै प्रविधिले अमेरिका र दक्षिण कोरियाका प्रमुख सैन्य स्थलहरूको तस्वीर उपलब्ध गराइसकेको दाबी गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
