'आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान' भन्ने मूल नाराकासाथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ।
काठमाण्डौँ– 'आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान' भन्ने मूल नाराकासाथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगै यससँग सम्बन्धित निकायहरूले साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्।
दिवसको पहिलो दिन सोमबार मन्त्रालयले आप्रवासनको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूसँग मिलेर कार्यक्रम गर्दैछ। आप्रवासी श्रमिकमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघले डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ।
श्रमिकको हक, अधिकारका लागि ल्याइएका कतिपय दस्ताबेज कार्यान्वयन नहुँदा उनीहरूले आफ्ना हकअधिकार उपभोग गर्न पाएका छैनन्। आप्रवासी श्रमिकले पारिश्रमिक तथा सेवासुविधामा विभेद खेप्नु परेको छ। एउटा भनेर अर्को काममा लगाउने, तोकिएको तलब सुविधा नदिनेलगायतका समस्या पनि उस्तै छ।
खाने, बस्नेलगायतका आधारभूत आवश्यकता समेत पाउन नसकेको कतिपय श्रमिकको गुनासो छ। नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीमा रहेका श्रमिकको योगदान महत्त्वपूर्ण छ। अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारी नीति भए पनि त्यसअनुसार काम हुन सकेको छैन।
श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मर्यादित श्रमसहितको रोजगारीको सुनिश्चितता, श्रम सम्झौता पुनरावलोकनका साथै नयाँ श्रम गन्तव्य मुलुकको पहिचान, अनलाइनमार्फत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लगायतका सेवा प्रदान, वैदेशिक रोजगारीमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध, वैदेशिक रोजगार सम्बन्धी गुनासो तत्काल सुनुवाइ लगायतका काम भैरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
