त्रिविको दीक्षान्त समारोहमा यस्तो देखियो (तस्वीरहरू)

त्रिभुवन विश्वविद्यालयले सोमबार ४९औँ दीक्षान्त समारोह आयोजना गरेको छ।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले सोमबार ४९औँ दीक्षान्त समारोह आयोजना गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरिएको समारोहमा १२ हजार ४१५ विद्यार्थीले सहभागिता जनाएको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलको सहभागीमा सम्पन्न भएको हो। यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन्। विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका छन्।