भीड व्यवस्थापनका लागि काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली शुरू

अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि सोमबारबाट टोकन प्रणालीको शुरूआत गरेको काठमाडाैँ जिल्ला अदालतले जनाएको छ।

काठमाडाैँ– काठमाडौँ जिल्ला अदालतले टोकन प्रणाली शुरूआत गरेको छ।

अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि सोमबारबाट टोकन प्रणालीको शुरूआत गरेको काठमाडाैँ जिल्ला अदालतले जनाएको छ। टोकन प्रणालीको शुरूआत गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको शुरूवात गरेको बताए।

उनले काठमाडौँ जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरु अघि बढेको बताउनु भयो।

उनले भने, "काठमाडौँ जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर, सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली शुरू भएको छ। काठमाडौँ जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने कन्सेप्टमा हामी अघि बढेका छौँ। न्याय प्राप्तिका लागि काठमाडौँ अदालत प्रवेश गर्दै गर्दा कम्तीमा सहज ढंगबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो।"

उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने भन्दै अबबाट उभिएर सेवा लिनुपर्ने असहजताको अन्त्य भएको बताए।