सांसद र संसद् सचिवालयका कर्मचारीसहितको २० जनाको टोली चिनियाँ सरकार मातहतको निकायले ‘स्पोन्सर’ गरेको भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ।
काठमाडौँ– चिनियाँ सरकार मातहतको एक निकायले ‘स्पोन्सर’ गरेको भ्रमणमा नेपालका १७ जना सांसदहरूको टोली सोमबार बेइजिङ प्रस्थान गरेको छ। टोलीमा संसद् सचिवालयका कर्मचारीसमेत २० जना सहभागी छन्।
यो टोली १० दिन लामो भ्रमणका लागि चीन हिँडेको हो। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार टोलीमा १७ जना सांसदसहित तीन जना सचिवालयका कर्मचारी छन्।
संसद् सचिवालयका अनुसार ‘एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल’ (एआवीओ)ले आयोजना गर्ने कार्यक्रममा भाग लिन उनीहरू चीन भ्रमणमा गएका हुन्। यो संस्था चीनको वाणिज्य मन्त्रालयअन्तर्गत रहेको छ। मन्त्रालयको वेबसाइटमा यो संस्था प्रशिक्षण संस्था रहेको उल्लेख छ।
यो पनि – संसद्मा बाह्य स्वार्थ प्रवेश गराउन सहयोगी बनिरहेका सांसद
भ्रमण टोलीमा सत्तारुढ नेपाली कांग्रेसबाट पाँच सांसद, प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट पाँच सांसद, सत्तारुढ नेकपा माओवादी केन्द्रबाट तीन सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादीबाट एक–एक जना सहभागी छन्।
कांग्रेसका तर्फबाट भ्रमण टोलीमा सहभागी सांसदहरू सरस्वती बजिमय, ऐनबहादुर शाही, रामनाथ अधिकारी, कुसुमदेवी थापा र युवराज शर्मा छन्। एमालेका तर्फबाट दामोदर पौडेल बैरागी, निर्मला कोइराला, मानवीर राई, रुक्मिणी राना बराइली, भगवती न्यौपाने छन्।
माओवादी केन्द्रबाट हितराज पाण्डे, नारायणी शर्मा र जगप्रसाद शर्मा तथा रास्वपाबाट सन्तोष परियार, राप्रपाबाट अनिशा नेपाली, जसपाबाट प्रकाश अधिकारी र एकीकृत समाजवादीबाट मेटमणि चौधरी रहेका छन्।
त्यस्तै, संसद् सचिवालयबाट सचिव सुदर्शन खड्का, सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन कुमार निरौला रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
