प्रधानमन्त्री पुष्पकमल दाहालले आधारभूत शिक्षा मात्र निःशुल्क नभई विश्वविद्यालय शिक्षालाई पनि सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको दाबी गरे।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताका आधारमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन्।
सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्नेसमेत प्रतिबद्धता जनाए।
“त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्ने र ‘मेरिट’का आधारमा भिसी नियुक्ति गर्ने प्रतिबद्धता जनाउँछु,” उनले भने।
उनले आधारभूत शिक्षा मात्र निःशुल्क नभई विश्वविद्यालय शिक्षालाई पनि सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको दाबी गरे। उनले उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको जिकिर गरे।
“आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ। विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने स्थिति हटाइ समतामूलक, सबै वर्ग, समुदायले उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ। यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लैजाने हाम्रो प्रयास छ,” उनले भने।
प्रधानमन्त्री दाहालले आफ्ना विद्यार्थीलाई विश्व बजारमा अब्बल प्रमाणित गर्न सक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको चुनौतीका रूपमा व्याख्या गर्दै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
