काठमाडौँ उपत्यका संघर्ष समितिले मेलम्ची आयोजनामाथिको चलखेल बन्द गर्न र यथाशीघ्र उपत्यकाका उपभोक्तालाई खानेपानी वितरण गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाएर प्रदर्शन गरेको छ।
काठमाडौँ– मेलम्ची खानेपानी संघर्ष समितिले छिटोभन्दा छिटो मेलम्चीको पानी काठमाडौँमा ल्याउने व्यवस्था गर्न माग गर्दै सरकारविरुद्ध सडक प्रदर्शन गरेको छ।
काठमाडौँ उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न र काठमाडौँ उपत्यका उपभोक्तालाई खानेपानी छोटोभन्दा छोटी वितरण गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै प्रदर्शन गरेको हो।
यसअघि अर्थमन्त्री प्रकाशशरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई भेटेर ज्ञापनपत्र बुझाइसकेको समितिले सोमबार तीनकुने क्षेत्रमा सरकारलाई दबाब दिन सडक प्रदर्शनमा उत्रिएको हो।
प्रदर्शनकारीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर’, ‘मेलम्चीको पानी तुरुन्त खोल’ लगायतका नारा लेखिएका पोस्टर र प्लेकार्डसहित रित्तो गाग्री, बाल्टिनलगायतका भाँडा बोकेर प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा कोटेश्वरका स्थानीय बासिन्दा हरि गौतमले १७ अर्ब खर्च गरेर पनि नेपाली जनताले मेलम्चीको पानी खान नपाएको भन्दै आक्रोश पोखे। उनले यो राजनीति नभई पानीको आन्दोलन भएको उल्लेख गर्दै सरकारले छिटोभन्दा छिटो मेलम्चीको पानी काठमाडौँका उपभोक्ताको घरघरमा आउनुपर्ने बताए।
“पानी नदिने मेलम्चीको नाममा खाइरहन पाइन्छ? सरकार पाइनँ, हामी मान्दैनौँ, नेपाली जनतालाई झुक्काउन पाइन्छ? मेलम्चीको नाममा १७ अर्ब खर्च गर्ने तर हामीले पानी नपाउने? नेपाल जलस्रोतमा दोस्रो धनी देश हो, यस्तो देशमा पनि पानी नपाउने, हामीलाई हेप्ने, यो राजनीतिको आन्दोलन होइन, पानीको आन्दोलन हो,” उनले भने।
प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रको सडक अवरोध पारेपछि प्रहरीले उनीहरूलाई धकेलेर तितरबितर पारेको थियो।
करिब ६ महिनादेखि मेलम्ची अवरुद्ध हुँदा पनि सरकारले चासो नदिएको, मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स)सम्म पुग्ने बाटो हालसम्म निर्माण नभएको तथा मेलम्चीमाथि नै बारम्बार राजनीतिक चलखेल भएको भन्दै काठमाडौँवासीले चलखेल बन्द गरी तुरुन्त पानी वितरण गर्न माग गर्दै सोमबार विरोध र्याली निकालेका हुन्। अघिल्लो वर्षको २३ मंसिरमा उपत्यकावासीका धारामा मेलम्चीको पानी झरे पनि यस वर्ष पानी कहिले आउँछ कुनै टुंगो छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
